एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 35 पटक हेरिएको
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् ।

शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान २–२ गोल गरेर अंक बाँडेका थिए ।

शनिबार भएको आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदरपश्चिम अंक बाँडेसँगै लिग चरणबाट बाहिरिएको हो । खेलको ७ औं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको २६औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ को अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछाडी परेको सुदूरपश्चिमले दोस्रो हाफमा भने पुनरागमन गर्दै खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्याए ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए । म्याच कमिसनर पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पँहेलो कार्ड पाएका थिए । एपीएफका सुमन श्रेष्ठले ६०औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पँहेलो कार्ड पाएका थिए ।

प्रतियोगितामा दुई खेल खेलेको एपीएफ क्लब सेमिफाइलनमा प्रवेश गरेको छ भने समान खेल खेलेको सुदूरपश्चिम प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ । अघिल्लो खेलमा मधेश प्रदेशसंग सुदूरपश्चिम पराजित भएको थियो ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment