पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जीत

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 28 पटक हेरिएको
पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जीत

सुर्खेत । त्रिभुवन आर्मी क्लवले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत लगातार दोस्रो जीत दर्ता गरेको छ ।

शुक्रबार भएको खेलमा आर्मीले बागमतीलाई २-० गोलको अन्तरमा पराजित गरेको हो ।

पहिलो हाफ बराबरी भएको सो खेलको ६४ औं मिनेटमा आर्मीका लागि लाकेन लिम्बुले पहिलो गोल गरे  भने दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले ९७ औं मिनेटमा गोलगरी आर्मीको जित सुनिश्चित गरे।

पाँच वटा पहेँलो कार्ड देखाइएको सो खेलमा आर्मीका ३ र बागमतीका २ खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका थिए।

आर्मीका लाकेन लिम्बुले १२ औं, अनुभव पुरीले ३९ औं र बिमल पाण्डेले ९२ औं मिनेटमा पहेँलो कार्ड पाए भने बागमतीका रोनिस राजबाहकले ८८ औं र भुवन कामीले ९२ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

लुम्विनीसङ्ग पहिलो खेल जितेको आर्मीले बागमतीलाई पनि जितेपछि ६ अंक प्राप्त गरेको छ भने पहिलो खेल कोशी प्रदेशसँग बराबरी गरेको बागमतीको एक अंक मात्र छ ।

शनिवार पहिलो खेल बिहान सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ तथा दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लवविच हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment