सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रवार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १—४ गोलले हराएको छ ।
कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गर्नुभयोभने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गरेका थिए।
लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९ औं मिनेटमा फागुराम चौधरीले गरे। कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८ औं मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो । रातोकार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिवन्ध लागेको छ ।
यस्तै सो खेलमा लुम्बिनीका फागुराम चौधरीले पहेँलो कार्ड पाए । पहिलो खेलमा पनि चौधरीले पहेँलो कार्ड पाउँदा पहेँलो कार्डको संख्या दुई भएपछि उहाँलाई पनि आगामी एक खेल प्रतिवन्ध लागेको म्याच कमिसनर बीरेन्द्र पाण्डेले बताएका छन्।
आफ्नो पहिलो खेल बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छ भने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंक बिहीन भएको छ ।
शुक्रवार दिउँसो २ः३० बजे बागमती र नेपाली सेनाको त्रिुभवन आर्मी क्लवविच खेल हुनेछ ।