शारीरिक सुगठनमा आर्मीलाई चार स्वर्ण

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 61 पटक हेरिएको
शारीरिक सुगठनमा आर्मीलाई चार स्वर्ण

सर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठन विधातर्फ स्वर्ण पदक दिनका विभिन्न खेलहरु सम्पन्न भएका छन् ।

मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार शुक्रबार विभिन्न ८ वटा विधामा प्रतिस्पर्धा भएका हुन् । जसमध्ये पुरुषतर्फ एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राई स्वर्ण पदक पाएका छन् ।

बागमतीका सबिन चौलागाईं रजत पदक र लुम्बिनीका रेशम राना काँस्य पदक प्राप्त गरे । 


त्यस्तैगरी एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण पदक हासिल गर्दा लुम्बिनीका ईश्वर पुन रजत र गण्डकीका यमन्त गुरुङ काँस्य प्राप्त गरे ।

एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जन स्वर्ण पदक, त्रिभूवन आर्मीका ज्ञानेश्वर चौधरी रजत र बागमतीका राज शाही काँस्य पदक प्राप्त गरे ।


त्यस्तै एमएसपी (१७० भन्दा माथि) विधामा त्रिभूवन आर्मीका पुकार शाक्य स्वर्ण पदक, नेपाल प्रहरीका प्रनेश श्रेष्ठ रजत र बागमतीका रिजनकुमार श्रेष्ठ काँस्य पदक प्राप्त गरे ।

त्यस्तै महिलातर्फ डब्लुएपी विधामा बागमतीकी उर्मिला श्रेष्ठ स्वर्ण, त्रिभूवन आर्मीकी सृजना घिसिङ रजत र गण्डकीकी आशा चौधरी काँस्य पदक प्राप्त गरिन् । 


वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा त्रिभूवन आर्मीकी शिवानी लामाले स्वर्ण पदक हासिल गरिन् । गण्डकीकी बिपना कुमाल रजत र लुम्बिनीकी पुनम सुनार काँस्य पदक प्राप्त गरिन् ।

मेन्स क्लासिक बडीबिल्डिङ विधामा त्रिभूवन आर्मीका अनिश रसाइली स्वर्ण, लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठ रजत र मधेशका हरिनारायण साह काँस्य पदक प्राप्त गरे ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment