एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 107 पटक हेरिएको
एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि पाकिस्तान ए र श्रीलंका एबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तान एले बंगलादेश एलाई पाँच विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

बंगलादेश एले दिएको २३३ रनको लक्ष्य पाकिस्तानले ४५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानको जितमा हसन नवाजले ६२ र शाहजेब खानले ५० रन बनाए ।

त्यसअघि बंगलादेशले शाहदत हुसेनको अविजित १०३ रनको मद्दतमा २३२ रन बनाएको थियो । यसअघि पहिलो सेमिफाइनलमा भारत एलाई पराजित गर्दै श्रीलंका ए फाइनलमा पुगेको थियो । अब दुवै टोलीबीच उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुने भएको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment