दशैं राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 37 पटक हेरिएको
दशैं राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज ९ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ ।

खेल तालिकाअनुसार आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल हुनेछन् ।

महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला र पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछन् ।

यस्तै, पुरुष फुटबल मुख्य रंगशाला तथा महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछन् ।

यसैगरी, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हल र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा हुनेछन् ।

फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेत तथा शारीरिक सुगठन रुकुम पश्चिमको चौरजहारीमा हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment