चेल्सीमाथि नटिङ्घम फरेस्टको रोमाञ्चक जित

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 40 पटक हेरिएको
चेल्सीमाथि नटिङ्घम फरेस्टको रोमाञ्चक जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले चेल्सीलाई ३–२ गोलले पराजित गरेको छ । गए राति भएको खेलमा घरेलु टोली फरेस्टले उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीलाई लगातार तेस्रो हार चखाएको हो ।

फरेस्टको जितमा मोर्गन गिब्स ह्वाइटले दुई तथा इगोर जिससले एक गोल गरेका थिए । जिससले खेलको पाँचौँ मिनेटमै गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औँ मिनेटमा गिब्स ह्वाइटले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए ।

चेल्सीका इमानुएल एमेघाले ५४औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत दिए पनि ७२औँ मिनेटमा गिब्स ह्वाइटले व्यक्तिगत दोस्रो गोल गरेपछि फरेस्ट ३–१ ले अघि बढ्यो । एमेघाले ८९औँ मिनेटमा दोस्रो गोल गरे पनि चेल्सी हारबाट जोगिन सकेन । यस हारसँगै चेल्सीले पछिल्ला पाँच प्रिमियर लिग खेलमध्ये चारमा पराजय भोगेको छ ।

प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा टोलीको प्रदर्शन कमजोर बन्दै गएपछि उनको पदमाथि दबाब बढेको छ । १२ खेलबाट १६ अंक जोडेको चेल्सी तालिकाको आठौँ स्थानमा छ भने जितपछि नटिङ्घम फरेस्ट १४औँ स्थानमा उक्लिएको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment