एनपीएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

  • Image नेप्लेज
  • ३ मंसिर २०८३, बिहिवार
  • 72 पटक हेरिएको
एनपीएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमने सामने हुँदैछन ।

टियु क्रिकेट मैदानमा यो खेल साँझ ५ बजेदेखि हुने तालिका छ ।

सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

त्यस्तै चितवन राइनोजले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायर खेल्न लागेको छ ।

दोस्रो क्वालिफायरमा विजयी हुने टिमले फाइनलमा लुम्बिनी लायन्सको सामना गर्ने छ भने पराजित हुने टिम बाहिरिने छ ।

समुह चरण भएको सुदूरपश्चिम र चितवनबीचको खेलमा सुदूरपश्चिम ५ विकेटले विजयी भएको थियो ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment