एनपीएलमा आज विराटनगर र लुम्बिनी भिड्दै

  • Image नेप्लेज
  • २८ कार्तिक २०८३, शनिवार
  • 68 पटक हेरिएको
एनपीएलमा आज विराटनगर र लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।

आज साँझ ५ बजेदेखि शुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछ ।

लुम्बिनी लायन्सले ६ खेलमा ९ अंकसहित प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

त्यस्तै विराटनगरको भने ६ खेलमा ६ अंक रहेको छ र प्लेअफका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

दुवै टिमको लिग चरणमा यो अन्तिम खेल रहेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ