विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • Image नेप्लेज
  • १५ कार्तिक २०८३, आइतवार
  • 78 पटक हेरिएको
विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा विराटनगरले सुदूरपश्चिमलाई ३५ रनको अन्तरले पराजित गरेको हो ।

बर्षाका कारण ५-५ ओभरमा खेलाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

विराटनगरका लागि शेहान जयसूर्याले ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रन बनाएका थिए ।

त्यस्तै, सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए । यो विराटनगरको तेस्रो खेलमा पहिलो जित हो भने सुदूरपश्चिमले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ