काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने तय भएका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ ।
काठमाडौंमा निरन्तर झरी परिरहेकोले कीर्तिपुर मैदान पनि चिसो हुँदा आजका खेल नहुने सम्भावना बढेको हो ।
अस्तिको खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको छ । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन ।
मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ । तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ ।
एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एक/एक अंक बाँड्ने छन् ।
मैदान तयार हुन सके कम्तिमा ५ ओभरको खेल खेलाउने सम्भावना भने कायमै रहन्छ ।