काठमाडाैं। काराबाओ कपको चौथो चरणमा ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरे। ब्राइटनका मालिक याल्कुयेले ३०औँ र जर्जिनियो रुटरले ४७औँ मिनेटमा गोल गरे। सिटीका माटेओ कोभाचिचले ४०औँ र भिटोर रेसले ७२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।