काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
टियु क्रिकेट मैदानमा अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा आज जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुँदैछन् । जारी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौँले आफ्नो पहिलो खेल खेल्दैछ ।
त्यसैगरी आज साँझ ५ बजेदेखि शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।