सुदूरपश्चिम रोयल्सको पर्सनल केयर पार्टनरमा कोकुन बड्स अस्ट्रेलिया

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 35 पटक हेरिएको
सुदूरपश्चिम रोयल्सको पर्सनल केयर पार्टनरमा कोकुन बड्स अस्ट्रेलिया

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि सुदूरपश्चिम रोयल्सले कोकुन बड्स अस्ट्रेलियालाई आफ्नो पर्सनल केयर पार्टनरका रूपमा आबद्ध गरेको छ।

कोकुन बड्स अस्ट्रेलियाले शिशु हेरचाहलाई केन्द्रमा राख्दै हेरचाह, सहजता र आत्मविश्वासका साथ बालबालिकाको सुरुवाती यात्रालाई विशेष बनाउने अवधारणामा काम गर्दै आएको छ।

सुदूरपश्चिम रोयल्ससँगको साझेदारीमार्फत कम्पनीले क्रिकेट, परिवार र नयाँ पुस्ताका सपनालाई जोड्ने लक्ष्य राखेको छ।

कोकुन बड्स अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रकुमार खनालले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए। उनले बालबालिकाको विकास र क्रिकेटमा खेलाडीको यात्राबीच समानता रहेको उल्लेख गर्दै हरेक ठूलो उपलब्धिको सुरुवात सानो कदमबाट हुने बताए। “हरेक ठूलो यात्रा सानो सुरुवातबाट हुन्छ। बालबालिकाको जीवनमा अभिभावकको माया, हेरचाह र साथ जति महत्वपूर्ण हुन्छ, खेलाडीको यात्रामा पनि परिवार, टोली र समर्थकको विश्वास उत्तिकै महत्वपूर्ण हुन्छ। सुदूरपश्चिम रोयल्ससँगको साझेदारीमार्फत हामी क्रिकेटसँग जोडिएका परिवार र समुदायसम्म पुग्न तथा हेरचाह, आत्मविश्वास र विकासका साझा मूल्यलाई प्रवर्द्धन गर्न चाहन्छौं। हरेक सानो सपना ठूलो बन्न सक्छ भन्ने विश्वासका साथ हामी नेपाली क्रिकेट र नयाँ पुस्ताका सपनालाई साथ दिन उत्साहित छौं,” खनालले भने।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कोकुन बड्स अस्ट्रेलियासँगको सहकार्यले टोलीको साझेदारीलाई खेलकुदभन्दा बाहिर परिवार र बालबालिकासँग जोड्ने बताए। “कोकुन बड्स अस्ट्रेलियालाई सुदूरपश्चिम रोयल्सको पर्सनल केयर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। क्रिकेटले परिवार, पुस्ता र समुदायलाई जोड्ने काम गर्छ। बालबालिकाको हेरचाह र उनीहरूको सपनालाई प्रोत्साहन गर्ने कोकुन बड्सको अवधारणा हाम्रो टोलीले प्रतिनिधित्व गर्ने विश्वास, मेहनत र सामूहिक प्रयासको भावनासँग मेल खान्छ। यस सहकार्यले एनपीएलको माध्यमबाट परिवार र समर्थकसँग अझ नजिक हुन तथा नेपाली क्रिकेटको उत्साहलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएका छौं,” खड्काले भने।

एनपीएल २०२६ अवधिभर कोकुन बड्स अस्ट्रेलियाले डिजिटल सामग्री, परिवारकेन्द्रित गतिविधि, समर्थकसँगको सहभागिता तथा मैदानबाहिरका कार्यक्रममार्फत आफ्नो ब्रान्डलाई क्रिकेट समुदायसँग जोड्ने लक्ष्य राखेको छ।

कम्पनीले बालबालिकाको हरेक सानो उपलब्धि र नयाँ पुस्ताका सपनालाई प्रोत्साहन गर्ने सन्देशलाई पनि साझेदारीमार्फत अघि बढाउने जनाएको छ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी