जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 57 पटक हेरिएको
जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

काठमाडौं। मुक्तिनाथ विकास बैंकले मिति कार्तिक ९ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको पूर्ण सहयोगको प्रतिवद्घता व्यक्त गरेको छ ।

नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्दै गर्दा सहकार्य गर्न पाउँदा गर्व महशुस भइरहेको बैंकले जनाएको छ । त्यसैगरी , जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोट्र्स प्रालि का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंक जस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा आफूहरुलाई खुशी लागेको बताएका छन् ।

एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन फेरि उपाधि जनकपुर फर्काउने आफूहरुको लक्ष्य रहेको बताउँदै उनले आईसीसीको आधिकारिक मान्यतासँगै खेलाडीहरूका लागि यो सिजन झनै महत्त्वपूर्ण बनेको बताए ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालाहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी