तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 79 पटक हेरिएको
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औं रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् ।

बैंककस्थित माहीडोल विश्वविद्यालयको हातामा रहेको स्पोर्ट्स हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुबैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन् ।

उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यानमार, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो ।

वैभवी असोज दोस्रो सातादेखि बैंककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन् ।

वैभवीलाई बैंककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागीता जनाएकी हुन् ।

वैभवीलाई हालैमात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता समेत प्रदान गरेको छ ।