काठमाडौं । ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।
यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे अलअमिरातमा शुरु हुनेछ ।
ओमानमा आइतवार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले सुखद शुरुआत गरेको थियो ।
क्यानडासँगको खेलमा रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए ।
शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नु पर्नेछ ।
अहिले अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।
त्यस्तै क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ र यूएई ३२ खेलमा १९ अंकसहित आठौँ अर्थात् पुछारमा छ ।