श्रेष्ठ र कुथु सद्भावना दूत

  • Image नेप्लेज
  • २१ आश्विन २०८३, बुधवार
  • 130 पटक हेरिएको
श्रेष्ठ र कुथु सद्भावना दूत

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमान्डू गोर्खाजले कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ र फुटबलर विकेश कुथुलाई सद्भावना दूतका रूपमा स्वागत गरेको छ । एनपीएलको तेश्रो संस्करणका लागि सद्भावना दूतमा चयन गरेको श्रेष्ठले जनाएका छन् ।

राष्ट्रिय कराते टोलीका प्रशिक्षक श्रेष्ठ हालै जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा नेपाली कराते टोलीका प्रशिक्षकको भूमिकामा थिए । उनी दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता पनि   हुन् । गोर्खाजले खेलाडीलाई आफ्नो परिवारमा जोड्न पाउँदा खुसी लागेको जनाएको छ ।