जनकपुर बोल्ट्सद्वारा सिजन ३ को नयाँ जर्सी सार्वजनिक

  • Image नेप्लेज
  • २७ आश्विन २०८३, मङ्गलवार
  • 62 पटक हेरिएको
जनकपुर बोल्ट्सद्वारा सिजन ३ को नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग NPL मा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले सिजन ३ का लागि आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

टाइटल पार्टनर एक्स्ट्रिम इनर्जी ड्रिंक र एसोसिएट पार्टनर याङ्गोको ब्रान्डिङसहितको नयाँ जर्सी टिमको यस सिजनको ‘रिडेम्प्सन’ अभियानअन्तर्गत तयार पारिएको हो ।

टिमको परिचित म्याजेन्टा र नेभी रङलाई कायमै राख्दै यस पटक कलर, बाहुला र जर्सी नम्बरमा सुनौलो रङ थपिएको छ ।

म्याजेन्टा जोशको, नेभी शक्तिको र सुनौलो रङ पुनरागमनको प्रतीकका रूपमा राखिएको टिमले जनाएको छ ।

जर्सीको माथिल्लो भागमा परम्परागत बुट्टा ढाँचा र तल्लो भागमा कमलको मण्डला अंकित छ भनेट्राउजरमा बिजुलीको आकारको म्याजेन्टा धर्सा र सुनौलो किनारा राखिएको छ ।

गत सिजनको नतिजाबाट पाठ सिक्दैबोल्ट्सलेसिजन ३ लाई ‘रिडेम्प्सन’ सिजनका रूपमा अघि बढाएको छ, र नयाँ जर्सी त्यही संकल्पको प्रतीक भएको टिमले जनाएको छ ।

“गत सिजनले हामीलाई धेरैकुरा सिकायो । यो जर्सी त्यही सिकाइ र मधेशको गौरवको प्रतीक हो । सुनौलो रङ हामीले यस सिजन हासिल गर्नचाहेको लक्ष्यको सम्झना हो । मैदानमा यो जर्सी लगाउने हरेक खेलाडीले मधेशका लागि मन दिएर खेल्नेछन्,” जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भने ।

“हामीले नयाँ पहिचान बनाउनुभन्दा आफ्नै पहिचानलाई अझ बलियो बनाउने प्रयास गरेका छौं । म्याजेन्टा र नेभी बोल्ट्सको पहिचान हो, सुनौलो रङ यस सिजनको कथा हो । बोल्ट्स समर्थकहरूले यो जर्सी गर्वका साथ लगाउनुहुनेछ भन्ने हामीलाई विश्वास छ,” जनकपुर बोल्ट्सका प्रमुख मार्केटिङ अधिकृत उदिप पराजुलीले बताए ।

 


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी