नेपालका लागि रोहितले बनाए शानदार शतक

  • Image नेप्लेज
  • २५ आश्विन २०८३, आइतवार
  • 72 पटक हेरिएको
नेपालका लागि रोहितले बनाए शानदार शतक

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् ।

ओमानस्थित अल अमिरातमा जारी खेलमा रोहितले १२५ बलमा शतक बनाएका हुन् ।

यसक्रममा रोहितले ८ चौका र १ छक्का प्रहार गरे ।

रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो ।

एकविदसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर समेत बने ।