चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

  • Image नेप्लेज
  • १६ कार्तिक २०८३, सोमवार
  • 64 पटक हेरिएको
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको विजय लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो।

चितवन राइनोजको लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। १८.१ ओभरमा स्कट केग्गुलिनको बलमा दिपेन्द्र सिंह ऐरीको हातमा उनी क्याच भए। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरेर पेभेलियन फर्किए।

चितवनले पहिलो विकेटको रुपमा ओपनर देव खनाललाई सस्तैमा गुमायो। त्यसपछि वान डाउन आएका अर्जुनले १५ रन बनाउँदा तेस्रो विकेटको रुपमा अर्का ओपनर डेविड मलान १६ रनमा पेभेलियन फर्किए। १३ रन बनाउँदा कप्तान सिकन्दर राजाले क्याच मिसको रुपमा जीवनदान पाए। तर १५ रन बनाएर सिकन्दर पेभेलियन फर्किए। विवेक यादव १७ रनमा रनआउट हुँदा टम टेलर ६ रनमा अविजित रहे।

सुदूरपश्चिम रोयल्सको लागि बलिङमा स्कट केग्गुलिनले २ विकेट लिँदा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले १-१ विकेट लिए। आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध ४ विकेटको जित दर्ता गरेको थियो।


#क्रिकेट #सुदूरपश्चिम प्रदेश #एनपीएल