एनपीएलमा आज दुई खेल हुँदै

  • Image नेप्लेज
  • १७ कार्तिक २०८३, मङ्गलवार
  • 61 पटक हेरिएको
एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुँदैछ । लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ