क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

  • Image नेप्लेज
  • २५ आश्विन २०८३, आइतवार
  • 88 पटक हेरिएको
क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालका रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले ७५ बलमा ५० रन बनाएका हुन्।

उनको इनिङ्समा चार चौका र एक छक्का सामेल छ।

रोहितले संयमित ब्याटिङ गर्दै नेपालको इनिङ्सलाई अघि बढाएका छन्।