बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सम्पन्न

  • Image नेप्लेज
  • १४ आश्विन २०८३, बुधवार
  • 39 पटक हेरिएको
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सम्पन्न

काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्थाका रूपमा सेप्टेम्बर २३ देखि २६ सम्म चार दिनसम्म चलेको बीपीसी क्रिकेट लिग २०२६ (इन्डोर) सफलतापूर्वक आयोजना गरेको छ।

काठमाडौंको बुढानिलकण्ठ, चुनिखेलस्थित रोयल स्पोट्र्स पार्कमा सम्पन्न प्रतियोगिता एसीसीए टाइटल स्पोन्सर रहेको एसीसीए प्रेजेन्ट्स बीपीसी क्रिकेट लिग २०२६ का रूपमा सञ्चालन भएको थियो।

प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत लर्निङ पार्टनर, स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्य समूहसहित १६ टोलीले सहभागिता जनाएका थिए। कक्षाकोठा र कार्यस्थलबाहिर एसीसीएका विद्यार्थी, व्यवसायी तथा सदस्यलाई जोड्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले प्रतिस्पर्धासँगै सहकार्य, नेतृत्व, सञ्चार, नेटवर्किङ र खेलभावनालाई प्रवद्र्धन गरेको छ।

सहभागी टोली प्रतियोगितामा सर्टिफाइड कलेज अफ एकाउन्टेन्सी (सीसीए), ब्रिटिश प्रोफेसनल कलेज, सिड एकेडेमी, लर्निङ पार्क, ब्राइट एकेडेमी, फिनटी लर्निङ हब, शिक्षा एकेडेमी, जीएनएस अस्त्रा, स्लुगर्स र एजीके पार्टनर्सलगायत विभिन्न संस्थाका टोलीले सहभागिता जनाएका थिए। जसमध्ये केही संस्थाले एकभन्दा बढी टोलीबाट प्रतिस्पर्धा गरेका थिए।

रोमाञ्चक प्रतिस्पर्धापछि सिड च्यालेन्जर्स प्रतियोगिताको विजेता बनेको छ। विजेता टोलीले ८०,००० नगद पुरस्कार प्राप्त गरेको छ भने सीसीए आरसीबी प्रथम उपविजेता बनी ५३,३३३ हात पारेको छ।

त्यसैगरी, सीसीए गोर्खाज द्वितीय उपविजेता बनेको छ र रु। २६,६६६ पुरस्कार पाएको छ। तृतीय उपविजेता बीपीसी नाइट्सलाई गिफ्ट ह्याम्पर तथा लन्च र डिनर कुपन प्रदान गरिएको थियो।