काठमाडौं । एसियाली खेलकुदको २० औ संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भब्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरेका छन्
उद्घाटन समारोहमा नेपाल सहित सबै सहभागी टिमले मार्च पास्ट गरेका थिए ।
सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टिमले मार्च पास्टमा सहभागी भएको थियो ।
बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमति बिष्टले नेपालको झण्डा बोकेको थिए ।
नेपालबाट २१ खेलमा १ सय ३५ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन् ।
४५ देशका ११ हजार बढी खेलाडी सहभागी छन् । जापानमा यस अघि १९५८ मा तेस्रो र १९९४ मा १२औ संस्करण आयोजना भएका थिए भने २० औ स्सकरण आयोजना भैरहेको छ ।