गोर्खा खुकुरी मार्सल आर्ट्सको सेमिनार सम्पन्न

  • Image नेप्लेज
  • १६ श्रावण २०८३, शनिवार
  • 1350 पटक हेरिएको
गोर्खा खुकुरी मार्सल आर्ट्सको सेमिनार सम्पन्न

काठमाडौं। नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्ससंघको आयोजनामा राष्ट्रिय सेमिनार टोखा नगरपालिका–५ स्थित निर्मल वाटिका फुटसलमा शनिबार सम्पन्न भएको छ।

सेमिनारमा संघअन्तर्गतका विभिन्न शाखाबाट करिब २५० जना खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो। सेमिनारको मुख्य उद्देश्य गोर्खा खुकुरी मार्सल आर्ट्सका नियम, अनुशासन, प्रशिक्षण प्रणाली तथा प्राविधिक पक्षमा एकरूपता कायम गर्नुका साथै आगामी भदौ महिनामा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपको प्रभावकारी तयारीका लागि शाखा, प्रशिक्षक र खेलाडीहरूलाई आवश्यक प्रशिक्षण, जानकारी तथा सचेतना प्रदान गर्नु रहेको संघले जनाएको छ।

सेमिनारमा प्रमुख प्रशिक्षक मास्टर बोगटीले खेलका नियम, प्रविधि, प्रशिक्षण विधि र खेलाडीले पालना गर्नुपर्ने अनुशासनबारे प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा संघका चिफ कोच शंकर, विभिन्न शाखाका प्रशिक्षक, संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

सहभागी खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि आवश्यक सीप, आत्मविश्वास र अनुशासन विकास गर्न प्रेरित गर्दै सेमिनार सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघले भविष्यमा पनि यस्ता प्रशिक्षणमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै सक्षम, अनुशासित र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने आफ्नो अभियानलाई थप सशक्त बनाउने जनाएको छ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment