इन्जुरी समयमा बराबरीको रोमाञ्चक 'कमब्याक'

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 245 पटक हेरिएको

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग २-२ गोलको बराबरी खेलेको छ। यो बराबरी नेपालका लागि हारको मुखबाट खोसिएको रोमाञ्चक नतिजा थियो।

नेपालले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो। खेलको २९औं मिनेटमा मिडफिल्डर रोहित चन्दले डी-बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। यो रोहितको अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो गोल हो।

तर, दोस्रो हाफको सुरुवात नेपाली टोलीका लागि निराशाजनक बन्यो। दोस्रो हाफ सुरु भएको एक मिनेटमै (४६औं मिनेटमा) बंगलादेशका स्टार खेलाडी हम्जा चौधरीले शानदार एक्रोब्याटिक शैलीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। यस गोलबाट सम्हालिन नपाउँदै त्यसको तीन मिनेटपछि ४९औं मिनेटमा हम्जाले पेनाल्टीमार्फत अर्को गोल थपेपछि बंगलादेश २-१ ले अगाडि बढ्यो।

खेलमा २-१ को पछि परेको अवस्थामा पनि नेपाली टोलीले सङ्घर्ष जारी राख्यो। अन्ततः खेलको अन्तिम समयमा, इन्जुरी समयमामा, अनन्त तामाङले निर्णायक गोल फर्काउँदै नेपाललाई हारबाट जोगाए र खेल २-२ गोलको बराबरीमा टुङ्गियो।

एसियन कप छनोटको तयारीका लागि खेलिएको यो मैत्रीपूर्ण खेलपछि नेपाल अब १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको महत्त्वपूर्ण खेल खेल्न तयार छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal