ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा
-
नेप्लेज
- |
- २०८२-०७-२७
- |
- 109 पटक हेरिएको
ज्ञानोदय र रेडियन्ट पब्लिक चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुरस्थित आयोजक पुष्पसदनको कोर्टमा ज्ञानोदयले बाघभैरवलाई १७-१२ ले पराजित गर्यो । ज्ञानोदयको जितमा युनिस स्याङ्तानले ७ अंक योगदान गरे । सुलभको ८ अंक सहयोगमा रेडियन्ट पब्लिकले एलआरआईलाई ३८-१५ ले हरायो ।
सिनियर ब्वाइजमै राराहिल र मंगल पनि क्वाटरफाइनलमा पुगे । राराहिलले रेडियन्ट रिडर्सलाई ४७-३८ ले पाखा लगायो । राराहिलका कृष्ण विकले ११ स्कोर गरे । युनाइटेड युनिभर्सल विरुद्धको खेलमा मंगल ३०-११ ले विजयी भयो । मंगलका अनुप महर्जनले १३ अंक बटुले ।
सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल रेडियन्ट पब्लिक र ज्ञानोदय, पुष्पसदन र मेगस, राराहिल र भ्याली भ्यू तथा मंगल र निःसर्ग वाटिकाबीच हुनेछ ।
जुनियर ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । राराहिलको भेट पुष्पसदनसंग हुनेछ भने निःसर्गले ग्रिनफिल्ड विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।