रोहित र अनन्तले जोगाए नेपाललाई
-
नेप्लेज
- |
- २०८२-०७-२७
- |
- 242 पटक हेरिएको
काठमाडौँ। राेहित चन्द र अनन्त तामाङकाे गाेलसँगै नेपाल र बंगलादेशबीचको फिफा अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा बराबरीमा सकिएको छ।
बिहीबार बंगलादेशको ढाका राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–२ को बराबरी खेलेको हो।
नेपालका लागि इन्जुरी समयको तेस्रो मिनेटमा अनन्तले गोल गर्दै नेपालको सम्भावीत हार टारे।
बंगलादेशका लागि हम्जा चौधरीले दुवै गोल गरे। खेलमा १–० ले पछि परेको बंगलादेशको लागि हम्जाले दोस्रो हाफको सुरुआतमै गोल गरेका हुन्। पहिलो गोल बाइसाइकल गोल गरेका उनले दोस्रो गोल पेनाल्टीमार्फत गरे। उनले खेलको ४६ र ५०औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाएका थिए।
त्यसअघि नेपालका लागि रोहित चन्दले खेलको २९औं मिनेटमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए।