सिरिजङ्गा गोल्डकप मङ्सिर अन्तिम सातादेखि

Kelmi

फाइल तस्वीर

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 106 पटक हेरिएको

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा अन्तरराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला सञ्चालन हुने भएको छ । आगामी मङ्सिर २३ गतेदेखि २९ गतेसम्म प्रतियोगिता र मेलाको आयोजना गरिने भएको हो ।

किराँत लिम्बू लिपिका प्रचारक तथा सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्मजयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’ सहित गोल्डकप आयोजना गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

तेल्लोक स्पोर्टिङ क्लबको अग्रसरता र तेअङ्सी सिरिजङ्गा स्मृति संस्थाको संरक्षकत्वमा उक्त प्रतियोगिता र मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुदका माध्यमबाट सिरिजङ्गा गाउँपालिका तथा यस क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्नुका साथै स्थानीय खेलाडीलाई व्यावसायिक फुटबलतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा तेल्लोक स्पोर्टिङ क्लब (ताप्लेजुङ), न्यू स्टार फुटबल क्लब (झापा), पारिजात सङ्घ फुटबल क्लब (सिलिगुढी, भारत), रेड हर्ष फुटबल क्लब (इलाम), वाईवाई पाँचथर फुटबल क्लब (पाँचथर) र साँगुरीगढी फुटबल क्लब (धनकुटा) मरिक एफसी धरान, म्याग्लुङ स्पोर्टिङ क्लब तेह्रथुमसहित आठ टिम सहभागी हुने छन् ।

विजेता टिमले नगद रु तीन लाख ३२१, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ५० हजार ३२१, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । गोल्डकपमा विभिन्न विधागत पुरस्कारहरू प्रदान गरिने जनाइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal