एकमुष्ठ १५ हजार तिर्नुस हरेक दिन कीर्तिपुरमै गएर एनपीएल हेर्नुस्

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०७-२७
  • |
  • 140 पटक हेरिएको

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ।

मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने यस क्रिकेट महाकुम्भलाई नजिकबाट नियाल्न चाहने दर्शकहरूका लागि क्यानले पहिलो ६ दिनको टिकट बिक्री समेत खुल्ला गरेको छ। एनपीएल सिजन २ को टिकट मूल्य साधारण खेलका दिनहरूदेखि प्लेअफ र फाइनलसम्म फरक-फरक तोकिएको छ।

साधारण टिकटको मूल्य रु ५०० राखिएको छ। प्रिमियम टिकट अन्तर्गत, खेलका साधारण दिनहरूमा दर्शकले रु १,००० तिर्नुपर्नेछ। साधारण दिनको तुलनामा, शनिबार हुने खेलका लागि प्रिमियम टिकटको मूल्यमा वृद्धि गरी रु १,५०० निर्धारण गरिएको छ।

प्रतियोगिताको निर्णायक चरणहरू, प्लेअफ र फाइनल हेर्नका लागि साधारण टिकटको मूल्य रु १,००० तोकिएको छ। प्रिमियम टिकटको मूल्य सबैभन्दा उच्च रु २,००० पुगेको छ।

क्रिकेटप्रेमीहरूका लागि क्यानले सम्पूर्ण सिजनका लागि 'सिजन पास' को व्यवस्था पनि गरेको छ। सबै खेलहरू हेर्न चाहने दर्शकले रु १५,००० मा यो पास खरिद गर्न सक्नेछन्।

यो पनि सुविधा छ है । थप जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal