दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा एपीएफ, सुदूरपश्चिम, नेपाल पुलिस र नेपाल आर्मी शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा एपीएफले गण्डकीलाई ७९–१२ अंकले पराजित ग¥यो । एपीएफको जितमा रिन्चेन मोक्तानले १४ अंक योगदान गरिन् । अनिशा आले मगरको १० अंक सहयोगमा सुदूरपश्चिमले लुम्बिनीलाई ३९–१६ ले हरायो ।
पुलिसले कोशीमाथि ५५–४० को जित दर्ता गर्यो । पुलिसकी दिभा महर्जनले १६ स्कोर गरिन् । आर्मीले बागमतीको चुनौती ६७–२० ले सहजै पन्छायो । आर्मीकी समिक्षा बुढाथोकीले ११ अंक बटुलिन् । सेमिफाइनलमा आर्मीको भेट पुलिससंग हुनेछ भने सुदूरपश्चिमले एपीएफको सामना गर्नेछ ।
थ्री अन थ्रीमा पनि सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल आर्मी र बागमती तथा एपीएफ र कर्णालीबीच हुनेछ ।
क्वाटरफाइनलमा आर्मीले गण्डकीलाई १९–६, बागमतीले लुम्बिनीलाई १४–१०, एपीएफले सुदूरपश्चिमलाई १३–७ र कर्णालीले पुलिसलाई १७–८ ले पराजित गरे । आर्मीकी दिब्यान्सी कार्कीले १३, बागमतीकी सचरिन श्रेष्ठले ६, एपीएफकी सन्ना श्रेष्ठले ५ र कर्णालीकी एन्जल गुप्ताले ७ स्कोर गरे । दुवै विधाको सेमिफाइनल शनिबार हुनेछ ।