शारीरिक सुगठन प्रतियोगिता सुरु

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 56 पटक हेरिएको
शारीरिक सुगठन प्रतियोगिता सुरु

चौरजहारी । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको शुक्रबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री मिलन खड्काले उद्घाटन गरेका छन् ।

चौरजहारी नगरपालिका–२ स्थित कभर्डहलमा प्रतियोगिता सञ्चालन भइरेको छ । प्रतियोगितामा १०४ जना महिला तथा पुरुष खेलाडीको सहभागिता छ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खड्काले कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। यो प्रतियोगिताले कर्णालीको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

मन्त्री खड्काले प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशबाट आएका खेलाडी, प्रशिक्षक तथा टोलीलाई शुभकामना व्यक्त गर्दै खेलकुदलाई राष्ट्रको पहिचान, प्रतिष्ठा र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए। उनले आफ्नो मन्त्रालय कर्णालीमा खेलकुदमैत्री पूर्वाधार विकास तथा यातायातको पहुँच विस्तारका लागि क्रियाशील रहेको उनको भनाइ छ । यो प्रतियोगितामा अहिले खेल जारी छन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment