सुर्खेत । कर्णाली प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले पहिलो जीत निकालेको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा कर्णालीलाई ४९ रनले हराउँदै कोशीले पहिलो जीत निकालेको हो ।
उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएर दवावमा रहेको कोशीले कर्णालीमाथि सहज जीत निकाल्यो ।
टस जितेर पहिले व्याटिङ रोजेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा १२५ रन बनाएको थियो । रुविनाले आउट हुनुअघि एक छक्का र नौ चौकाको मद्दतमा ५७ बल खेलेर ६२ रन बनाइन् ।
कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजबंशीले १० र लकिता राजबंशीले ९ रन बनाए । विमला महला ७ र फुलकुमारी राजबंशी ६ रनमा नटआउट रहे । कर्णालीकी रमा बुढाथोकीले दुई र रविना बुढामगरले एक विकेट लिए ।
जवाफी ब्याटिङ थालेको कर्णाली ७६ रनमा अलआउट भयो । कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् । यस्तै सोविका शाही १२, रमा बुढाथोकी १०, किरणकुमारी कुँवर ९, गंगा खड्का सात, अञ्जु गुरुङ चार, सोना चन्द ७, रविना बुढामगर तीन, जयन्ती चन्द र ओपनर रेखा सोनीले एक एक रन बनाए ।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा कोशीकी लकिता राजबंशीले तीन विकेट हात पारिन् । चार ओभर बलिङ गरेकी लकिताले एक ओभर मेडर्न राख्दै मात्रै पाँच रन दिइन् ।
कर्णालीको ब्याटिङ लाइन ध्वस्त बनाएकी लकिता खेलको प्लेयर अफ द म्याच बनिन् । कोशीकी निशा शाह र एलिशा खादियाले दुई-दुई विकेट लिए भने कप्तान रुविना क्षेत्री र निरु राजबंशीले एक-एक विकेट लिए ।