पाेखराले पहिलाे जित दर्ता गर्ने क्रममा कर्णालीलाई ६३ रनले हरायाे

  • Image नेप्लेज
  • २३ कार्तिक २०८३, सोमवार
  • 56 पटक हेरिएको
पाेखराले पहिलाे जित दर्ता गर्ने क्रममा कर्णालीलाई ६३ रनले हरायाे

काठमाडौं । ओपनर ब्याटर युवराज सम्राको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ६३ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणमा पहिलो जित निकालेको हो ।

लगातार चार खेल हारेको पोखराले पाँचौँ खेलमा आएर लिगमा पहिलो जित निकालेको हो ।

पोखरा एभेन्जर्सले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली याक्स १८.३ ओभरमा अलआउट हुँदै १५४ रनमै समेटियो । 


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ