नेपाली यू-१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने

  • Image नेप्लेज
  • २३ कार्तिक २०८३, सोमवार
  • 79 पटक हेरिएको
नेपाली यू-१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले भारतमा आयोजना हुने त्रिकोणात्मक टी–२० शृंखला खेल्ने भएको छ ।

प्रतियोगितामा नेपालसँगै भारतका दुई टोली भारत यू–१९ ‘ए’ र भारत यू–१९ ‘बी’ सहभागी हुनेछन् ।

भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट कन्ट्रोल बोर्डको एक्सलेन्स सेन्टरमा नोभेम्बर १० देखि २२ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि भारतले आफ्ना दुवै टोली घोषणा गरिसकेको छ ।

प्रतियोगिता सन् २०२७ मा बंगलादेश र नेपालमा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका रूपमा आयोजना गर्न लागिएको हो ।

शृंखलामा नेपालले नोभेम्बर १२ मा भारत ‘बी’ र नोभेम्बर १४ मा भारत ‘ए’ सँग खेल्नेछ। त्यसपछि नोभेम्बर १८ मा भारत ‘बी’ र नोभेम्बर २० मा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल नोभेम्बर २२ मा हुनेछ ।

यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली यू-१९ महिला टिमले हालै थाइल्याण्ड र चीन सम्मिलित बेल्ट एण्ड रोड सिरिज जितेको थियो ।