जारी एनपीएलमा पोखराका ओपनर सामराको पहिलो शतक

  • Image नेप्लेज
  • २३ कार्तिक २०८३, सोमवार
  • 37 पटक हेरिएको
जारी एनपीएलमा पोखराका ओपनर सामराको पहिलो शतक

काठमाडौं । पोखरा एभन्जर्सका ओपनर युवराजसिंह सामराले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले १५ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १ सय ६१ रन बनाएर खेलिरहेको छ। जारी एनपीएलमा बनेको यो पहिलो शतक हो।

युवराजले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। यो 

दोस्रो सिजन कर्णाली याक्सका मार्क वाटले ४४ बलमा तथा पोखरा कै आडम रोसिङटनले ५८ बलमा शतक पूरा गरेका थिए।

एनपीएलको तिन सिजनमा तिन खेलाडीले शतक बनाएका छन्। तिनै शतक विदेशी खेलाडीको नाममा छ।

एनपीएल इतिहासमा अहिलेसम्म प्लेअफ पुग्न नसकेको पोखराका लागि तिन खेलाडीले शतक हानेका छन्।

 


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ