लुम्बिनीले पोखराविरुद्ध फिल्डिङ गर्ने

  • Image नेप्लेज
  • १७ कार्तिक २०८३, मङ्गलवार
  • 1153 पटक हेरिएको
लुम्बिनीले पोखराविरुद्ध फिल्डिङ गर्ने

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ। जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ। उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ।

पोखरा भने अहिलेसम्म जितविहीन छ। उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो। पोखरा आज लुम्बिनीलाई हराएर पहिलो जित दर्ता गर्ने योजनामा छ। 


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment