कांस्य पदक भिडन्तमा रेनु पराजित

  • Image नेप्लेज
  • ३ कार्तिक २०८३, मङ्गलवार
  • 90 पटक हेरिएको
कांस्य पदक भिडन्तमा रेनु पराजित

काठमाडौं । जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् ।

नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको बो यानसंग पराजित भइन् ।

पहिलो खेलमा रेनु थाइल्यान्डकी ख्वानसुन्डासंग पराजित भएकी थिइन् ।

ख्वानसुन्डा फाइनलमा प्रवेश गरेपछि रेनुले रिपेचेजको अवसर पाएकी थिइन् ।

रिपेचजको पहिलो खेलमा रेनुले दक्षिण कोरियाकी इओजिनलाई हराउदै कांस्य पदक भिडन्तमा प्रवेश गरेकी थिइन् ।