काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गत २०२४–२६ चक्रको अन्तिम त्रिकोणात्मक श्रृंखला खेलिरहेको नेपालका लागि रोहित पौडेलले फेरि अर्को अर्धशतक प्रहार गरेका छन् ।
अल अमिरत क्रिकेट मैदानमा घरेलु टोली ओमानविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि रोहितले ५८ बलमा दुई चौका र एक छक्कासहित ५० रन पूरा गरेका हुन् ।
यसअघि आइतबार क्यानडाविरुद्ध, पहिलो खेलमा रोहितले १०१ रनको शतकीय पारी खेलेका थिए ।
रोहितको शतकसँगै नेपाल प्रतिस्पर्धात्मक लक्ष्यतर्फ अग्रसर भएको छ ।
नेपालले ४० ओभरमा चार विकेट गुमाउँदै १७१ रन बनाएको छ ।
रोहितलाई अहिले क्रिजमा साथ दिन दीपेन्द्रसिंह ऐरि आएका छन् ।