एसियन गेम्समा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने सरकारको निर्णय

  • Image नेप्लेज
  • २३ आश्विन २०८३, शुक्रवार
  • 124 पटक हेरिएको
एसियन गेम्समा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीसँगै सम्बन्धित खेलका प्रशिक्षक तथा व्यवस्थापकलाई समेत नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

त्यस्तै बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।