पोखरा एभेन्जर्सका प्रशिक्षक मेन्डिस नेपाल आइपुगे

  • Image नेप्लेज
  • १८ आश्विन २०८३, आइतवार
  • 59 पटक हेरिएको
 पोखरा एभेन्जर्सका प्रशिक्षक मेन्डिस नेपाल आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजान्था मेन्डिस नेपाल आइपुगेका छन्।

पोखरामा हुने बन्द प्रशिक्षणका लागि मुख्य प्रशिक्षक अजान्था नेपाल आइपुगेका हुन्।

यसअघि शनिबार मात्रै फरर्मेन्स एनालिष्ट श्याम ऐर नेपाल आइपुगेका थिए।

पोखराले तेस्रो सिजनका लागि मुख्य प्रशिक्षक मेन्डिससहित २ विदेशी खेलाडी अनुबन्ध गरेको छ।

पोखराले श्रीलंकाली अलराउन्डर धनन्जय लक्षण र बंगलादेशका भेट्रान अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरिसकेको छ।

पोखराले सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको हो।

यस्तै विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई अक्सनबाट खरिद गरेको थियो।

पोखराले कार्तिक ११ गते २ पटकको उपविजेता सुदुरपश्चिम रोयल्ससँग खेल्दै एनपीएलको नयाँ सिजनको सुरुवात गर्दैछ।

पोखराको दोस्रो खेल १५ गते जनकपुर बोल्ट्स, १७ गते चितवन राइनोज, २० गते लुम्बिनी लायन्स, २३ गते कर्णाली याक्स, २६ गते विराटनगर किंग्स र लिग चरणको अन्तिम खेलमा २९ गते काठमाडौँ गोर्खाजसँग खेल्ने तालिका छ।


#एनपीएल #T-20 #NPL