एभर स्किन एन्ड हेयर क्लिनिक बन्यो सुदूरपश्चिम रोयल्सको ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर

  • Image नेप्लेज
  • ११ आश्विन २०८३, आइतवार
  • 56 पटक हेरिएको
एभर स्किन एन्ड हेयर क्लिनिक बन्यो सुदूरपश्चिम रोयल्सको ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले एभर स्किन एन्ड हेयर क्लिनिकलाई आफ्नो आधिकारिक ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनरका रूपमा अनुबन्ध गरेको छ।

उदीयमान डर्माटोलोजी, एस्थेटिक तथा हेयर ट्रान्सप्लान्ट क्लिनिकका रूपमा परिचित एभर स्किन एन्ड हेयर क्लिनिकले प्रतियोगिताभर सुदूरपश्चिम रोयल्सका खेलाडीलाई विशेषज्ञ छाला तथा कपालसम्बन्धी सेवा प्रदान गर्दै उनीहरूको स्वास्थ्य, आत्मविश्वास र समग्र व्यक्तित्व विकासमा साथ दिनेछ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले खेलाडीको प्रदर्शनसँगै उनीहरूको समग्र स्वास्थ्य र आत्मविश्वास पनि उत्तिकै महत्वपूर्ण हुने बताए।

'सुदूरपश्चिम रोयल्सले खेलाडीको प्रदर्शनसँगै उनीहरूको समग्र स्वास्थ्य, आत्मविश्वास र व्यक्तित्वलाई पनि उत्तिकै महत्व दिन्छ। एभर स्किन एन्ड हेयर क्लिनिकसँगको यो साझेदारीले हाम्रो टोलीलाई विशेषज्ञ सेवा उपलब्ध गराउनुका साथै खेलकुद र स्वास्थ्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिएका छौं' खड्काले भने।

एभर स्किन एन्ड हेयर क्लिनिकका निर्देशक डा. विवेक खड्का ले खेलकुद र आत्मविश्वासबीचको सम्बन्धलाई जोड्ने अवसरका रूपमा यो साझेदारीलाई लिएको बताए।

'खेलाडीको उत्कृष्ट प्रदर्शन शारीरिक तयारीसँग मात्र होइन, उनीहरूको आत्मविश्वास र समग्र स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। सुदूरपश्चिम रोयल्ससँग ‘ग्लो एन्ड पर्सनालिटी’ पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। यस साझेदारीमार्फत खेलाडीलाई विशेषज्ञ छाला तथा कपालसम्बन्धी सेवा प्रदान गर्नुका साथै समुदायमा पनि वैज्ञानिक स्किन र हेयर केयरप्रति सचेतना बढाउने हाम्रो उद्देश्य हो' डा. खड्काले भने।

दुवै संस्थाले यो सहकार्यले खेलकुद, स्वास्थ्य र व्यक्तित्व विकासलाई एकसाथ अघि बढाउँदै एनपीएलको नयाँ आयाम स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।