भुटानी क्रिकेट टोली अभ्यास खेल खेल्ने नेपाल आइपुग्यो

  • Image नेप्लेज
  • १० आश्विन २०८३, शनिवार
  • 130 पटक हेरिएको
भुटानी क्रिकेट टोली अभ्यास खेल खेल्ने नेपाल आइपुग्यो

काठमाडौं । आईसीसी पुरुष टि ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको भुटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ अभ्यास खेल खेल्ने भएको छ।

शनिबार बिहान काठमाडौं आइपुगेको भुटानी टोलीलाई गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए।

काठमाडौं–पोखरा सडकमार्गको अवस्थाका कारण टोली शनिबार काठमाडौंमै रहनेछ। त्यसपछि पोखरा पुगेर सोमबारदेखि अभ्यास खेलमा सहभागी हुनेछ।

गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा हुने अभ्यास खेलमध्ये भुटानले सुरुआती २ खेल गण्डकी–११ विरुद्ध खेल्नेछ। त्यसपछि २ खेल क्यान–११ विरुद्ध हुनेछ बताइएको छ।

भुटानले आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने आईसीसी पुरुष टि ट्वान्टी विश्वकप एसिया छनोटलाई लक्षित गर्दै पोखरालाई आफ्नो अभ्यास केन्द्र बनाएको हो।

भुटानको पोखरा भ्रमणले प्रतियोगिताको तयारीसँगै पोखराको खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ।