महिला फुटबल टिमको बिदाइ

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०७
  • |
  • 121 पटक हेरिएको

काठमाडौँ। इन्डोनेसियामा हुने थ्री नेसन कप खेल्न जाने नेपाली महिला फुटबल टिमको बिदाइ गरिएको छ। 

आइतबार टोलीलाई एक कार्यक्रमकाबीच अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधर, कार्यकारी बोर्ड सदस्य सरिला श्रेष्ठ मलेखुलगायलको उपस्थितिमा टिमलाई बिदाइ गरिएको हो। 

नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ। डिसेम्बर २ मा भने चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ।

नेपाली टोलीमा कप्तान सावित्रा भण्डारी साम्बाले थ्री नेसन्स कप खेल्नेमा आशंका बढेको छ। उनले हालसम्म ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्।

नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म घरेलु टोली र चाइनिज ताइपेइविरुद्ध नेपालकाे खेल हुनेछ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal