काठमान्डूले विराटनगरलाई दियो १३५ रनको लक्ष्य
-
नेप्लेज
- |
- २०८२-०८-०६
- |
- 471 पटक हेरिएको
काठमाडाैँ। काठमान्डू गाेर्खाजले विराटनगर किंग्सलाई १३५ रनकाे लक्ष्य दिएकाे छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेका काठमाडूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायाे।
काठमान्डूका लागि महाेमद आदिल आलमले सर्वाधिक ४८ रन बनाए। उनले २५ बलमा ४ चाैका र २ छक्का प्रहार गर्दै काठमान्डूलाई समानजनक स्काेरमा पुर्याए।
बेन चार्ल्सवर्थले ३२ जाेडे। उनले ३३ बलमा एक चाैका र दुई छक्का प्रहार गरे। सन्ताेष यादव २६ रन बनाए।
यता, विराटनगरकाे लागि मर्चेन्ट डे लाङ्गेले दुई सुर्य तामाङ, शुभम रञ्जने र सन्दीप लामिछानेले समान एक विकेट हात पारे।
यसअघि पहिलाे खेलमा पाेखरा एभेन्जर्सलाई पराजित गरेकाे विराटनगर दाेस्राे जितकाे खाेजिमा छ। काठमान्डू भने पहिलाे खेलमा कर्णा याक्सलाई हराएकाे थियाे भने दाेस्राे खेलमा सुदूरपश्चिम राेयल्ससँग पराजित भएकाे थियाे।