बार्साको एकतर्फी जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०७
  • |
  • 194 पटक हेरिएको

बार्साको एकतर्फी जितकाठमाडौँ। स्पेनिस क्लब बार्सिलोनाले ला लिगामा शानदार जित हासिल गरेको छ। 

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा शनिबार राति सम्पन्न खेलमा एथलेटिक बिलबाओलाई ४–० ले पराजित गरेको हो। 

बार्साको जितमा फेरन टोरेले दुई, रोवर्ट लेवान्डोस्की र फर्मिन लोपेजले समान एक गोल गरे। 

खेलको चौथो मिनेटमै लेवान्डोस्कीको गोलबाट बार्साले अग्रता बनाएको थियो। जितसँगै १३ खेलबाट १० जित १ बराबरी र २ हारसहित ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको रियल मड्रिड समान अंकसहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal