चेल्सी दोस्रो स्थानमा
-
नेप्लेज
- |
- २०८२-०८-०७
- |
- 211 पटक हेरिएको
काठमाडौँ। बर्नलेलाई हराउँदै लण्डन क्लब चेल्सी इंङ्लिस प्रिमियर लिगगको दोस्रो स्थानमा उक्लिएको छ।
बर्नलेको घरेलु मैदान टर्फ मुरमा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली चेल्सी २–० ले विजयी भएको हो।
चेल्सीको जितमा नेड्रो नेटो र एन्जो फर्नान्डेजले गोल गरे। खेलको ३७औँ मिनेटमा नेटोको गोलमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो। त्यसपछि ८८औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै चेल्सीको जित पक्का गरे।
जितसँगै जारी सिजन १२ खेलबाट ७ जित २ बराबरी र ३ हार ब्यहोरेको चेल्सी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट २२ अंक भएको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ।
पराजित बर्नले भने समान खेलबाट १० अंकसहित रेलिगेसन जोनमा छ। एक खेल कम खेलेको आर्सनल २६ अंकका साथ शीर्ष स्थानमा छ।