न्युकासलसँग पराजित सिटीले गुमायो मौका

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०७
  • |
  • 191 पटक हेरिएको

काठमाडौँ। म्यानचेस्टर सिटीले इंङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलसँगको दूरी घटाउने अवसर गुमाएको छ। 

न्युकासल युनाइटेडको घरेलु मैदान सेन्ट जेम्स पार्कमा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली सिटी २–१ ले पराजित भएको हो। 

न्युकासलको जित हार्भी बारनेसले दुई गोल गरे। सिटीकातर्फबाट रुबेन डियासले एक गोल फर्काए। यो हारपछि सिटी २२ अंकका साथ तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ। यस्तै एक खेल कम खेलेको आर्सनलको २६ अंक छ। 

लिभरपुलको खराव प्रदर्शनको क्रम भने जारी रह्यो र नटिङघम फरेस्टको हातबाट ३–० ले पराजित रह्यो। यससँगै लिभरपुल १८ अंकमा ११ औं स्थानमा झरेको छ। अन्य खेलमा क्रिस्टल प्यालेसले उल्भ्सलाई २–०, फुलहमले सन्डरल्यान्डलाई १–० र ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको थियो। बर्नमाउथ र वेस्ट ह्यामले भने २–२ को बराबरी खेले।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal