समिर अली लुम्बिनी लायन्सको आइकोनिक खेलाडी
-
नेप्लेज
- |
- २०८२-०७-२७
- |
- 109 पटक हेरिएको
भैरहवा । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी नायन्सले समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ ।
लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर एनपीएलको दोस्रो संस्करणका लागि आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् ।
कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलहरूबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी छनोट गरिएको हो ।
आईकोनिकको रुपमा छनोट भएका विकेटकिपर ब्याटर समीर अली मिडर अर्डरमा ब्याटिङ गर्छन् । उनले लुम्बिनी प्रदेशबाट यू-१८ र यू-१६ प्रतियोगिता समेत खेलेका छन् ।
यस्तै आशुतोष पाण्डे र दिनेश बोहरा लुम्बिनी लायन्सको हिरो' खेलाडीको रुपमा छनोट भएका छन् ।
अब समीर अली लुम्बिनी लायन्सको मुख्य स्क्वाडमा समावेश हुनेछन् भने आशुतोष र दिनेश पनि टिमसँगै रहनेछन् ।
ट्यालेन्ट हन्टमा करिब एक सय खेलाडी सहभागि रहेको र त्यसमा अभ्यास खेलहरु खेलाएर आइकोनिक प्लेअर छनोट गरिएको लुम्बिनी लायन्सका कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचनले जानकारी दिए ।
हामी ट्यालेन्ट हन्टका लागि एक सय जना जति खेलाडी छानेर केही अभ्यास म्याचहरु खेलायौँ । त्यसबाट उत्कृष्ट खेलाडि आइकोनिक प्लेअरको रुपमा छनोट गरेका छौं। उनीहरु नयाँ छन् तर धेरै सम्भावना छ । आशा छ भविष्यमा राम्रो गर्नेछन् ।' गौचनले भने ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले यस पटक भैरहवाको एक्सट्राटेक ओभलमा प्रशिक्षक गर्दै तयारी तिव्र बनाएको छ ।
एनपीएल दोस्रो संस्करण टीयू मैदानमा फ्लडलाइटमा हुने भएकोले लुम्बिनी लायन्स टिमले एक्स्ट्राटेकमा
फ्लटलाइटमा प्रशिक्षक गरेको थियो । त्यसले खेलमा फाइदा पुग्ने टिमको विश्वास छ ।
लुम्बिनीले विदेशी खेलाडीमा अष्ट्रेलियाका डार्शी सर्ट, अफगानिस्तानका गुल्बादिन नहब र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ चने बाँकी विदेशी खेलाडी चाँडै सार्वजनिक गरिनेछ ।
लुम्बिनी लायन्सको टोली:
रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नहब, समीर अली
मेन्टर : रोबिन सिंह
मुख्य प्रशिक्षकः टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचन
सहायक प्रशिक्षक : सुबास खकुरेल